JanataToday.com

Advertisment

SKIP THIS

बुटवललाई पर्यटकीय गन्तब्य बनाउन उज्यालो शहरका रुपमा बिकास गर्नुपर्नेमा जोड

बुटवललाई पर्यटकीय गन्तब्य बनाउन उज्यालो शहरका रुपमा बिकास गर्नुपर्नेमा जोड

बुटवल -रूपन्देहीका होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुले बुटवलको कालिका पथलाई पर्यटकीय गन्तव्य वनाउन उज्यालो शहरको रुपमा बिकास गर्नुपर्ने बताएका छन । सुरक्षा तथा पूर्वाधार अभावको नाममा कालिका पथलाई कसैले पनि उज्यालो शहर वनाउनका लागि रात्रिकालिन बजार हुनबाट रोक्न नहुने उनीहरुले तर्क गरेका छन ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहो २४ औं स्थापना दिवसका अवसरमा बुधबार बुटवलमा आयोजिक कार्यक्रममा व्यवसायीहरुले उक्त कुरालाई जोड दिएका हुन् । आधुनिकताको बिकास र समयको माग अनुसार यस क्षेत्रमा आवश्यक सिसिटिभी क्यामेरा तथा सडक बत्तीको व्यवस्था गरि रात्रिकालिन बजार सञ्चालन गर्न सुरक्षा निकाय, स्थानीय, प्रदेश तथा संघीय सरकारले सहयोग गर्नु पर्ने उनीहरुको माग छ ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले व्यवसायीहरुको माग सम्बोधनका लागि स्थानीय सरकार तयार रहेको बताउनु भयो ।
कालिका पथलाई उज्यालो शहरको रुपमा बिकास गर्नका लागि उपमहानगरले आवश्यक पूर्वाधार बिकासमा जोड दिने उहाँले प्रष्ट पार्नु भयो् ।
यस क्षेत्रलाई उज्यालो शहर र बजार बनाउनका लागि सबै राजनीतिक दलहरुको आफ्नो चुनाबी घोषणापत्रहरुमा समेत उल्लेख गरेको बताउँदै उहाँले घोषणापत्र अनुसार कार्यान्वयन हुनु पर्नेमा समेत जोड दिर्नु भयो। बुटवलको पहिचान र पर्यटन क्षेत्रको बिकासका लागि रातको समयमा कोही पनि अलपत्र पर्नुपर्ने बाध्यताको अन्त्यका गर्न कालिका पथलाई उज्यालो शहरको रुपमा बिकास गर्न आश्यक छ ।
यसैगरी उपप्रमुख अर्यालले मर्यादित र कानुनी दायरामा रहेर होटल व्यवसाय सञ्चालन गर्न आग्रह गर्नु भयो । बजार अनुगमन तथा त्यसको कार्यान्वयन आफ्नो प्रमुख जिम्मेवारी रहेको भन्दै मर्यादा र कानून विपरित जानेहरुका लागि कडा रुपमा प्रस्तुत हुने चेतावनी दिनु भयो ।
कार्यक्रममा बोल्दै संघका संस्थापकतथा होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष सचिव माधव नेपालले बुटवलको कालिका पथलाई रात्रिकालिन बजार बनाउनका लागि आवश्यक लगानी गर्न आफूहरु तयार रहेको बताउनु भयोे ।
व्यवसायीहरुले नै मिलेर सामुहिक रुपमा लगानी गरि सुरक्षाका लागि सिसिटिभी क्यामेरा जडान तथा सडक बत्तीको व्यवस्था गर्न सकिने बताउँदै उनले सुरक्षा लगायतका अन्य सुविधा सरकारले उपलब्ध गराउन सक्नु पर्ने बताउनु भयो ।
यसैगरी उहाँले व्यवसायीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन आवश्यक रहेको बताउदै यस क्षेत्रमा लागेका व्यवसायीहरुलाई पूराना धारणा त्यागेर मर्यादित पेसा र पर्यटन व्यवसायीका रुपमा हेर्न सरकारसँग माग गर्नु भयो ।
अध्यक्ष रामप्रसाद गौतमको सभापतित्वमा भएको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष समुन्द्र जिसी, बुटवल ९ का वडा अध्यक्ष प्रदिप कुमार श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष बाबुराम गौतम महासचिव माधव कुमार खनाल लगायतले बोल्नु भएको थियो । कार्यक्रमका अवसरमा क्यान्सर पीडित व्यवसायीहरु बिकास ढकाल र दुर्गा खनालको परिवारलाई जनही २१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ ।

 

प्रकाशित मिति : बुधबार, असार १५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij