काठमाडौं – झण्डै तीन महिनाको अवधिमा प्राकृतिक विपद्का घटनामा परि ९८ जनाको मृत्यु भएको छ।
गत वैशाख १ देखि हिजोसम्म भएका ९ सय ३७ विपद्का घटनामा ९८ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङक छ। एक जना वेपत्ता छन्।
सबै भन्दाबढी ३८ जनाको चट्याङ्ग लागेर मृत्यु भएको छ। त्यस्तै बाढी र पहिरोमा परि १३, हावाहुरीबाट ८ तथा भारी वर्षाका कारण ३ जनाको मृत्यु भएको छ।
प्राधिकरणका अनुसार आगलागीका घटनामा १९ जनाको मृत्यु भएको छ। त्यस्तै जनावरको आक्रमणबाट १२, सर्पदंशबाट ५, भूकम्पबाट १ जनाको मृत्यु भएको छ भने एक जनाको डुङ्गा पल्टिएर मृत्यु भएको प्राधिकरणले जनाएको छ।
प्रकाशित मिति : शनिबार, असार १८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्