कञ्चन-रुपन्देहीको कञ्चन गाउपालिकामा गाउपालिकालाई पुर्ण सरसफाईयुक्त बनाउने लक्ष सहित रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, कञ्चन ४, रुपन्देहीको आयोजनामा अभियान शुरु भएको छ। गाउपालिकालाई पुर्ण सरसफाईयुक्त गाउपालिका बनाउने अभियानको शुभारम्भ कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले गर्नु भयो ।
अभियानको शुभारम्भ गर्दै अध्यक्ष ढकाललेले कुनै पनि क्षेत्र र गाउको पहिचान त्यस ठाउमा सञ्चालन हुने सरसफाईमुलक कार्यक्रम तथा अभियान भएको बताउनु भयो। जुन गाउँ ठाउ वा पालिकामा सरसफाई मुलक कार्यक्रम नियमित हुन्छ त्यो ठाउमा सुन्दरता र स्वच्छ वातावरण पनि प्राप्त हुने भएकोले गाउपालिकाले आवस्यक सहयोग र समन्वय गर्दै जाने अध्यक्ष ढकालले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष ढकालले गाउपालिकाबाट कञ्चनमा रहेका भुमिहिन दलित, भुमिहिन सुकुमवासी तथा अब्यबस्थित बसोबासीहरुलाई आफ्नै नामको जग्गाधनी पुर्जा दिने कार्यका लागि निरन्तर रुपमा लागी परिरहेको र यतिबेला कञ्चनमा रहेका आवादी र ऐलानी तथा जंगल, नदीनाला, सार्वजनिक जग्गाहरुको बर्गिकरण कार्य भइरहेको कुरा समेत अध्यक्ष ढकालले जानकारी समेत दिनु भयो ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बुटवलका डिभिजन अधिकृत ईश्वरी आचार्यले पुर्ण सरसफाई स्थानीय तह बनाएर आफ्नो गाउ नगरहरुलाई स्मार्ट बानउनु पर्ने कुरामा जोड दिनु भयो । रुपन्देही जिल्लामा तिलत्तोमा नगरपालिका पहिलो पुर्ण सरसफाईयुक्त नगर बनिसकेको र त्यसपछि कञ्चन गाउपालिका दोश्रो हुने बिश्वास गर्नु भयो । आफ्नो गाउ पुर्णरुपमा सरसफाईयुक्त पालिका भयो भने फोहोरका कारण उत्पन्न हुने बिभिन्न सरुवा रोग तथा प्राणघातक रोगबाट गलिसकेकाृ हुनेछ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बुटवलको प्रायोजनमा सम्पन्न कार्यक्रममा कञ्चन गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्री, नेकपा एमालेका दीननाथ आचार्य, नेपाली कांग्रेसका हिमाल थापा,थकालीचोक टोल बिकास संस्थाका अध्क्ष नन्द बहादुर खडकाथोकी लगायतले अभियानको सफलताको शुभकामना व्यक्त गगर्नु भएको थियो।
रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका कार्यबाहक अध्यक्ष गेम बहादुर थापाको अध्यक्षतामा शुभारम्भ भएको गाउपालिकालाई पुर्ण सरसफाईयुक्त बनाउने अभियान कार्यक्रमको सञ्चालन संस्थाका सदस्य दुर्गा राजकोटीले गर्नु भएको थियो भने कार्यक्रममा संस्थाका ससदस्य भानुभक्त भण्डारीले स्वागत गर्नु भएको थियो। पुर्ण सरसफाई युक्त गाउँपालिका बनाउने अभियान थकालीचोक टोल बिकास संस्थाबाट शुरु गरिएको छ। उक्त टोल बिकास संस्थालाई १ सय ९५ थान डस्टविन समेत हस्तान्तरण गरिएको छ।
प्रकाशित मिति : बुधबार, असार २९ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्