लुम्बिनीमा अब रगत पुर्ण निशुल्क

लुम्बिनीमा अब रगत पुर्ण निशुल्क

 

बुटवल – सरकारी अस्पतालमा सेवा लिने विरामीहरुका लागि अब रगत सम्वन्धी
सबै सेवा शुल्क निशुल्क हुने भएको छ । २०७९ साउन १ गतेदेखि लागु हुनेगरि
प्रदेश सरकारले विरामीका लागि आवश्यक पर्ने रगतमा लाग्ने सबै सेवा शुल्क
निशुल्क गरेको हो । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल र बुटवलमा
रहेको रक्तसंचार केन्द्रका विच रगतका लागि लाग्ने सबै सेवा शुल्क निशुल्क
गर्ने सहमति भएको हो ।
अस्पतालकातर्फबाट मेडिकल सुपेरिटेण्डेन डा ईन्द्र ढकाल र रक्तसंचार
केन्द्रका तर्फबाट संयोजक कृष्ण पंगेनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका
थिए । साउन १ गतेदेखि अस्पतालको सिफारिसमा रक्तसंचार केन्द्रले कुनै पनि
सेवा शुल्क नलिई रगत उपलब्ध गराउने भएको हो । लुम्बिनी प्रदेश सरकारले
विनियोजन गरेको बजेटवाट रगतमा लाग्ने सेवा शुल्क सरकारले दिने रंकतसंचार
केन्द्र बुटवलका संयोजक तथा नेपाल रेडक्रश सोसाईटी लुम्बिनी प्रदेशका
महामन्त्री कृष्ण पंगेनीले बताए ।
उनले प्रदेश भरि ६० लाख रगत संकलन र व्यवस्थापन रेडक्रशमार्फत भैरहेको
भन्दै अव सरकारी अस्पतालमा रगतका लागि लाग्ने सेवा शुल्क पनि सरकारले
दिने भएपछि लुम्बिनीमा रगत पुर्णरुपमा निशुल्क भएको बताए । अस्पतालमा
आएका विरामीलाई रगत आवश्यक पर्ने भए चिकित्सकहरुको सिफारिसक रक्तसंचार
केन्द्रले पुर्णरुपमा निशुल्क रगत उपलब्ध गराउने अस्पतालका मेडिकल
सुपेरिटेण्डेन डा ईन्द्र ढकालको भनाईछ । यस अघि रगतका लागि आवश्यक पर्ने
कवर, ग्रुपिङ, स्टोर म्यापिङ लगायतका गरि ८ सय रुपैयासम्म शुल्क लाग्ने
गर्दथ्यो ।

प्रकाशित मिति : शुक्रबार, असार ३१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij