लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा ओपीडी र इमरजेन्सी टिकट तथा बेड निःशुल्क

लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा ओपीडी र इमरजेन्सी टिकट तथा बेड निःशुल्क

दाङ- आजदेखि लुम्बिनी प्रदेश अन्तर्गत रहेको दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ओपीडी र इमरजेन्सी टिकट तथा बेड निःशुल्क भएको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीलाई ओपीडी र इमरजेन्सीको टिकट तथा बेडमा शुल्क नलिने घोषणा गरेको थियो ।

यो घोषणा आजदेखि कार्यान्वयनमा आउन लागेको स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले जानकारी दिनुभयो ।

ओपीडी र बेड निःशुल्क गर्न बजेटमा १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । यसैगरी आजदेखि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीका लागि रगत पनि नि:शुल्क हुने भएको छ । रगत नि:शुल्क गर्न लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसञ्चार सेवा केन्द्रबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सरकारले बजेटमा नि:शुल्क रगतका लागि ३ करोड रुपैयाँ बजेट छुट्याएकाे छ ।

प्रकाशित मिति : आइतबार, साउन १ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij