JanataToday.com

Advertisment

SKIP THIS

नेपाल ६ महिनामा तरकारीमा आत्मनिर्भर हुन सक्छ : अर्थमन्त्री शर्मा

नेपाल ६ महिनामा तरकारीमा आत्मनिर्भर हुन सक्छ : अर्थमन्त्री शर्मा

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट उत्पादनमुखी रहेकाले सबै उत्पादनमा जोडिनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

आज मङ्गलवार भीमदत्त पन्त स्मृति दिवसको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले सरकारले ल्याएको बजेट कृषि उत्पादनमा केन्द्रित भएको उल्लेख गर्दै उत्पादनको क्षेत्रमा लाग्न सबैलाई आग्रह गर्नुभयो । मन्त्री शर्माले कृषिमा आत्मनिर्भरता र औद्योगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने बजेटले व्यवस्था गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘किसानको भूमिका महत्त्वपूर्ण हो । हामीसँग भएको जमिन, जङ्गल र श्रम हो । यसको श्रम, स्रोत र प्रविधिको एकीकृत परिचालनद्वारा आज नेपाललाई समुन्नत गर्न सकिन्छ । उत्पादन वृद्धि गर्ने, आयातमा भर परेको अर्थतन्त्रलाई अहिले आन्तरिक उत्पादनमा आधारमा अर्थतन्त्र सुधार गर्न सकिन्छ भन्ने उद्देश्यका साथ अहिलको वर्षको बजेट पास भएको छ । बजेटले किसानका महत्त्वपूर्ण भूमिकालाई अझ माथि उठाउन प्रयास गरेको छ । लघुवित्तहरूले ऋण दिनुपर्छ भनेर बजेट पास भएको छ । किसानको घर–खेतमा गएर लगानी गर्ने विषय अगाडि बढाएको छ । किसानलाई पेन्सनको कुरा बजेटमा आएको छ । कृषिमा आत्मनिर्भरता र औधोगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने बजेटले व्यवस्था गरेको छ । सबै उमेरकालाई कृषि क्षेत्रको उत्पादनमा सहभागी गरौँ । काठमाण्डाैका लागि चाहिने तरकारी काठमाण्डाै आसपासको जिल्लाले उत्पादन गरौँ । अब आयात गरेर खाइरहेको कुरालाई अन्त्य गर्नुपर्छ । तरकारीमा अबकाे ६ महिनामा आत्मनिर्भर हुन सक्छौँ । औद्योगिक क्षेत्रमा चार वर्षमा ठूलो प्रगति गर्न सक्छाैँ । कृषि उत्पादन वृद्धि, आत्मनिर्भर अर्थतन्त्रमुखी बजेट कार्यान्वयनमा चुनौती रहेको छ । सबै मिलेर कार्यान्वयन गर्नुपर्छ ।’

मन्त्री शर्माले भूमिहीनहरूलाई जमिन दिएर, पुँजी नहुनेहरूका लागि पुँजी उपलब्ध गराएर र औजार नहुनेलाई औजार दिएर कृषिमा जोड्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले कृषिमा जोडेमात्रै देशको अर्थतन्त्र सबलीकरण हुनसक्ने बताउनुभयो ।

प्रकाशित मिति : मंगलबार, साउन १७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij