काठमाडौं : आजदेखि ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाइँदैछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ देखि १२ वर्ष उमेरका बालबालिकालाई विद्यालयमै खोप लगाउन लागिएको हो।
खोप अभियानको दोस्रो चरणअन्तर्गत पहिलो मात्रा भदौ ११ गतेसम्म लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उनीहरुलाई भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिइने छ। मन्त्रालयका अनुसार प्रदेश १ को भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर मधेश प्रदेशको बारा, रौतहट र सर्लाही, बागमती प्रदेशको रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोकको जिल्लाका बालबालिकालाई खोप लगाइनेछ।
त्यस्तै गण्डकी प्रदेशको बागलुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा, तनहुँ, लुम्बिनी प्रदेशको कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा र रुकुम पूर्व कर्णाली प्रदेशको रुकुम पश्चिम, सल्यान, रोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख, जाजरकोट र सुदुरपश्चिम प्रदेशको अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलामा खोप दिइने मन्त्रालयले जनाएको छ।
२७ जिल्लाका बालबालिकालाई गत असार ९ देखि १६ गते सम्म पहिलो र साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइएको थियो।
प्रकाशित मिति : आइतबार, भाद्र ५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्