JanataToday.com

Advertisment

SKIP THIS

बुटवलमा दसैं लक्षित सस्तो बजार सुरु

बुटवलमा दसैं लक्षित सस्तो बजार सुरु

 

बुटवल ।

बुटवलमा सोमबारदेखि दसैं सस्तो बजार सुरु भएको छ । उपभोक्तालाई कम मूल्यमा सरल र सहज रुपमा दैनिक उपभोग्य सामान उपलब्ध गराउन भन्दै बुटवल उद्योग वाणिज्य संघले सस्तो बजार सञ्चालनमा ल्याएको हो । मेलाको बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले उद्घाटन गरे ।

उनले महँगीले समस्या पारेका बेला यस्ता बजारले उपभोक्तालाई केही राहत हुने विश्वास व्यक्त गरे ।

पाँच दिनसम्म चल्ने दसैं सस्तो बजारमा लत्ताकपडा, जुत्ताचप्पल, चामल, तेल, चिया, कफी, अचार, साबुनलगायत दैनिक उपभोग्य सामान राखिएका छन् । अण्डा, कुखुरा, जिरा मसला, ताजा फलफूललगायतका खाद्यान्न बजारमा छन् ।

नेपाल दुग्ध विकास संस्थान ९डीडीसी०, साल्ट ट्रेडिङ, नेपाल खाद्य संस्थानसहित विभिन्न कम्पनीका घिउ, पनिर, रसवरीलगायतका दुग्धजन्य उत्पादन बिक्री वितरण तथा नयाँ नोट सटहीको व्यवस्था मिलाइएको संघका महासचिव बिमलराज भट्टराईले बताए ।

प्रकाशित मिति : सोमबार, असोज १० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij