JanataToday.com

Advertisment

SKIP THIS

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल आज

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल आज

काठमाण्डाै – नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल आज हुँदैछ । खेल बेलुका साढे पाँच बजे काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा सुरु हुनेछ ।

यो खेलमा नेपालको कप्तानी गोलकिपर किरण लिम्बुले गर्नेछन् ।  खेलअघि हिजो भएको पत्रकार सम्मेलनमा राष्ट्रिय टिमका कार्यकारी प्रशिक्षक प्रदीप हुमागाईंले नेपालको कप्तानी किरणले गर्ने जानकारी दिए । यस अघि कुवेतमा भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालको कप्तानी नवयुग श्रेष्ठले गरेका थिए । तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको विवादको कारण किरण टोलीमा थिएनन् ।

किरण बंगलादेशसँगको खेलबाट टोलीमा फर्किएका हुन् । एन्फाले आजको खेलमा समान्यतर्फ ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँ टिकट मूल्य तोकेको छ । सीमित ८० सिटका लागि भने ५ हजार रुपैयाँ तोकिएको छ । नेपालले बंगलादेशसँग अहिलेसम्म २४ खेल खेलेकोमा बंगलादेशले १२ खेलमा जितेको छ । नेपालले ७ खेल मात्रै जित्दा ५ खेल बराबरीमा सकिएको छ । नेपालले सन् १९८३ मा पहिलो पटक बंगलादेशसँग खेलेको थियो ।

प्रकाशित मिति : मंगलबार, असोज ११ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij