आज फूलपाती, हनुमानढोकामा धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइँदै

आज फूलपाती, हनुमानढोकामा धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइँदै

काठमाण्डौ – आज दशैँको फूलपाती । देशभरी पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइन्छ ।

घटस्थापनादेखि पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत भित्र्याउने गरिन्छ ।

आज हनुमानढोका दरबारमा रहेको दशैँघरमा पनि फूलपाती भित्र्याइँँदैछ । नेपाल पञ्चाङ्ग निर्णयक समितिका अनुसार फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरेको ठाउँमा भित्र्याउने प्रचलन छ ।

नौ पातमा क्रमशः ब्रम्हायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आह्वान गरेर पूजा पनि गरिन्छ ।

आज किसानले खेतमा गइ चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउने गर्छन् । यस्तै, आज विशेषगरी विद्यार्थीले महासरस्वती तथा पुस्तक, कापी, कलम, मसीदानी आदिको समेत पूजा गर्ने प्रचलन छ ।

प्रकाशित मिति : आइतबार, असोज १६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij