जसपाका चार मन्त्री हटाउने तयारी, प्रधानमन्त्रीले बोलाए गठबन्धनको बैठक

जसपाका चार मन्त्री हटाउने तयारी, प्रधानमन्त्रीले बोलाए गठबन्धनको बैठक

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन्।

 

जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुलाई हटाउने तयारी गरेका देउवाले यसका लागि दिउँसो सत्तारुढ गठबन्धनमा आवद्ध दलका शीर्ष   नेतालाई बालुवाटार बोलाएका छन्।

गठबन्धनमा आवद्ध दलका नेताहरुको पनि जसपाका मन्त्रीहरुलाई हटाउनुपर्नेमा जोड छ।  सत्ता गठबन्धनमा रहेको जसपाले मंसिर ४ को चुनावका लागि १४ जिल्लामा एमालेसँग तालमेल गरेको छ। एमालेसँगको तालमेल पछि गठबन्धनका नेताहरु रुष्ट छन्। ​

​जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंह छन्।

निर्वाचन आचारसंहिता लागू भइसकेकोले प्रधानमन्त्रीले मन्त्रीहरु हटाए पनि नयाँ नियुक्त भने गर्न पाउने छैनन्। ६ महिने कार्यकाल सकिएपछि कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले पनि राजीनामा दिइसकेका छन्।

प्रकाशित मिति : मंगलबार, असोज २५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij