काठमाण्डाै – पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ । पीसीआर र एन्टिजेन गरी दुई हजार दुई सय ८७ जनाको नमुना परीक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा १७ जना काेराेना संक्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या सात सय ११ जना पुगेको छ ।
यस्तै थप २३ हजार नौ सय ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, असोज ३१ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्