बुटवल –रुपन्देहि सुनचाँदी व्यावसायी संघको सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
शुभदिपावलि छठ, नेपाल संबत एवम बकर इद पर्वको शुभकामना आदान कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले सुनचाँदी ब्यवसायीको हक हितको निम्ती बुटवल उपमहानगरपालिका तयार रहेको बताए। ब्यवसायीक सुरक्षाकालागि ब्यवसायिहरुवीच एकता हुनुपर्ने बताउदै ब्यवसायीवीच एकता हुन नसके त्यसको अशर समग्र सुनचाँदी ब्यवसायमा पर्ने भएकोले एकै प्रकृतिका संस्थाहरु आपसमा मिलेर अगाडि बढ्नु पर्ने बताए ।साथै उनले अब उत्पादन गर्न सक्ने खालको दक्ष जनशक्ति कालिगढ बन्ने खालको तालिम यस क्षेत्रबाट दिनु पर्ने बताए।
नेपाल सुनचाँदी व्यवसायी महासंघ परामर्स समिती संयोजक प्रेम कुमार सेन्चरील ।सुनचाँदी ब्यवसायीले कच्चा पदार्थको अभाव देखि अन्य धेरै समस्या झेल्नु परेको उल्लेख गर्दै सुनचाँदी उपयुुक्त तरिकाले वितरण नहँुदा पनि व्यवसाय सञ्चालनमा बाधा पुगेको बताए ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ उपाध्यक्ष जोगलाल बिश्वकर्माले सुनचाँदी व्यवसायका समस्या समाधान गर्न सरकारले पहल नगरेको बताउदै सम्पूर्ण व्यवसायी एकजुट भएर अगाडि बढ्न सके जस्तो सुकै अप्ठ्यारा र चुनौतिहरुलाई पनि सहजै चिर्न सकीने बताए
रुपन्देहि सुनचाँदी व्यावसायि संघका अध्यक्ष राम किसन विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा सुनचाँदी व्यवसायि महासंघकाका केन्द्रिय सदस्य एम बि बिक इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठग बहादुर केसि , बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर पौडेल , सुनचाँदी ब्यवसायी महासंघ लुम्बिनी प्रदेसका उपाध्यक्ष बिक्रम सुनार , जनउत्थान लघुबित्तका अध्यक्ष बाबुराम बिक, महिला सुनचाँदी व्यवसायी समितीका अध्यक्ष कमला बिक, सिद्धार्थनगर सुनचाँदी व्यावसायि संघका अध्यक्ष दिपक कौसल ,रुपन्देहि व्यापार संघका कृष्ण प्रसाद घिमिरे , बुटवल सुनचाँदी व्यावसायि संघका अध्यक्ष गोकुल बिक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका उपाध्यक्ष एबम कार्यक्रम संयोजक एस रत्न बज्राचार्यको स्वागत मन्तव्य एम महासचिब सिताराम रसाइलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक ४ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्