काठमाडौं – पछिल्लो चौबीस घण्टामा नेपालभर ४२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार ९२१ जनाको नमुना परीक्षण गर्दा ४२ जनामा कोरोना संक्रमण देखिएको हो ।
५ सय जनाको पीसीआर परीक्षण गर्दा ४० जनामा र ४२१ सय जनाको एन्टिजेन परीक्षण गर्दा ०२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४३ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ३९२ पुगेको छ ।
प्रकाशित मिति : सोमबार, कार्तिक ७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्