काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइको काम आज सम्पन्न हुने भएको छ।
प्रत्यक्षतर्फ केही जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी रहेकाले आज सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ। आयोगले आज प्रदेश १ को प्रत्यक्षतर्फको मतपत्र पठाउँदैछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी ४ प्रदेशको प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फको मतपत्र ढुवानी सम्पन्न भइसकेको छ।
हिजो मनाङ र मुस्ताङ जिल्लाको मतपत्र हेलिकोप्टरबाट ढुवानी भएसँगै ४ वटा प्रदेशमा मतपत्र ढुवानी सम्पन्न भएको हो। आयोगले सुरुमा समानुपातिकतर्फको मतपत्र छपाई सम्पन्न गरेर प्रत्यक्षतर्फको मतपत्र छपाई सुरु गरेको थियो।
यसपटक पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणालीका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्ने छ । कात्तिक २५ गतेसम्ममा प्रत्येक निर्वाचन अधिकृतको कार्यलयमा मतपत्रसमेत पुग्ने छ ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक १८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्