जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन इजिप्टमा आजदेखि

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन इजिप्टमा आजदेखि

काठमाडौं : जलवायु सम्मेलन कोप–२७ सम्मेलन आइतबार इजिप्टमा सुरु हुँदै छ।

 

 

सार्म ऐल शेख शहरमा हुन लागेको सम्मेलन पक्ष राष्ट्रहरूले यस अवसरमा उठान गर्ने जलवायु परिवर्तनको विश्वव्यापी चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्ने विषयमा केन्द्रित रहने संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले जनाएको छ।

इजिप्टले विश्वव्यापी जलवायु परिवर्तनका चुनौतीको स्पष्ट मान्यता र यसको विश्वव्यापी खतरालाई सम्बोधन गर्ने माध्यमका रूपमा बहुपक्षीय, सामूहिक र ठोस कार्यको आह्वान गर्दै सम्मेलनको अध्यक्षता गर्नेछ। मंसिर २ गतेसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनले निम्त्याएको विश्वव्यापी नोक्सानीका विषय मुख्य कार्यसूचीमा छ।

गत वर्ष कोप–२६ सम्मेलनमा स्कटल्याण्डले हानि र नोक्सानी सहयोगार्थ १० लाख अमेरिकी डलरभन्दा बढी रकम दिने र यहीवर्ष डेनमार्कले एक करोड ३० लाख अमेरिकी डलर योगदान गर्ने घोषणा गरेको छ।

जलवायु परिवर्तनको उद्घोष भएको सन् १९९२ को रियो द जेनेरियो हुँदै २०१५ को पेरिस सम्झौता र अघिल्लो वर्ष कोप–२६ सम्म पुग्दा भएका विविध विश्वव्यापी सहमति र तिनको भविष्यको रणनीतिक बाटो तय गर्न यस वर्षको सम्मेलन पथप्रदर्शक हुने बताइएको छ।

विश्वव्यापी तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि पुगेको घोषणा भइरहँदा अबका दिनमा कसरी अघि बढ्ने भन्ने साझा अवधारणा बनाउन पनि सम्मेलन सहायक हुने विश्वास लिइएको संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले जनाएको छ।

सम्मेलनमा नेपालको नेततृत्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले गर्नेछिन्। प्रतिनिधि मण्डलमा जलवायु परिवर्तन हेर्ने प्रधानमन्त्रीका सल्लाहकार माधव कार्की, योजना आयोगमा वन–वातावरण हेर्ने सदस्य सलोनी प्रधान सिंह, वन सचिव पेमनारायण कंडेल, प्रधानमन्त्री कार्यालयका सचिलगायत सहभागी हुने कार्यक्रम छ ।

प्रकाशित मिति : आइतबार, कार्तिक २० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij