JanataToday.com

Advertisment

SKIP THIS

अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सुरु, एभरेष्टको विजयी सुरुवात

अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सुरु, एभरेष्टको विजयी सुरुवात

भैरहवा

रुपन्देहीको भैरहवामा आइतबारदेखि स्व.शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा सुरु प्रतियोगिताको उद्घाटन खेलमा एभरेष्ट बोर्डिङ स्कूल बुटवलले साइग्लोबल एकेडेमीलाई ९ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानामा टस जितेर ब्याटिङ गरेको साइग्लोबलले निर्धारित खेलमा ९ ओभरमा सबै विकेट गुमाउँदै ५९ रन जोड्यो । उसका लागि मोहम्द हुसेनले २० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न एभरेष्टका रोजन रेग्मीले ४, कुशल अर्यालले ३ र शौरभ भण्डारीले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको एभरेष्टले ६ ओभरमा १ विकेटको क्षतिमा ६० रन जोड्दै जित निकाल्यो । उसको जितमा चाल्स भट्टराईले १५ र सन्देश थापाले ८ रन बनाए । बलिङमा साइग्लोबलका निर्वाण क्षेत्रीले १ विकेट लिए । एभरेष्टका रोजन रेग्मी म्यान अफ द म्याच भई ५ सय रुपैयाँबाट पुरस्कृत भए ।

लामो समयदेखि रुपन्देही क्रिकेट संघले संचालन गर्दै आएको यो प्रतियोगिता पछिल्ला दुई वर्ष कोरोना महामारीका कारण रोकिएको थियो । यसपटक महामारी कम भएकाले पुनः प्रतियोगिता सुरु गरिएको संघका अध्यक्ष हरिबहादुर थापाले बताए । प्रतियोगिताको बिजेता टिमले नगद ३० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने खेल संयोजक उदयकुमार मल्लिकले जनाए । उनका अनुसार उपबिजेता टिमलाई नगद १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने छ । यस्तै, म्यान अफ द सिरिजलाई ५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई दुई हजार ५ सय, प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ सय रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिताको अन्तिममा अनुशासित खेल प्रदर्शन गर्ने एक टिमलाई पनि पुरस्कृत गरिने छ ।

यसअघि प्रतियोगिता उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँनले खेल क्षेत्रको विकासमा नगरपालिकाले सधैं हातेमालो गर्ने जनाए । उनले खेलले राष्ट्रलाई चिनाउने जनाउँदै क्रिकेटलाई प्राथकिता दिएर नगरपालिका अघि बढ्ने बताए । उनले अनुशासित भएर खेल खेल्न खेलाडीहरुलाई आग्रह गरे । निजी र संस्थागत गरी १३ विद्यालय सहभागी प्रतियोगिता मंसिर २४ गतेसम्म संचालन हुनेछ ।

 

प्रकाशित मिति : आइतबार, मंसिर १८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij