JanataToday.com

Advertisment

SKIP THIS

शाइन रेशुंगा डेभलपमेन्ट बैंकलाई बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि

शाइन रेशुंगा डेभलपमेन्ट बैंकलाई बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि

शाइन रेशुंगा डेभलपमेन्ट बैंकले बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि जितेको छ । न्यू बिजनेश एज प्रालिले सोमबार काठमाडौंमा आयोजना गरेको सातौं न्यू बिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०२२मा शाइन रेशुंगाले उत्कृष्ट व्यवस्थापन गरेवापत अन्य सबै विकास बैंकलाई पछाडि पार्दै यो उपाधि जितेको हो ।

यो विधामा मुक्तिनाथ विकास बैंक दोस्रो हुँदा लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंक संयुक्त रुपमा तेस्रो भएका छन् । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यालय भएको एक मात्र राष्ट्रियस्तरको विकास बैंक हो ।

लुम्बिनी प्रदेशलाई केन्द्र बनाएको बैंकका संघीय राजधानी राजधानी काठमाडौंसहित प्रदेश १ र २ वाहेक सबै प्रदेशमा ८७ वटा शाखा कार्यालय र एउटा एक्सटेन्सन काउन्टर सञ्चालनमा छन् । सबैभन्दा धेरै शाखा, कारोबार र ग्राहक लुम्बिनी प्रदेशमा छन् । बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि बैंकका तर्फबाट ब्रान्डिङ तथा मानव संशाधन प्रमुख प्रवास राई ग्रहण गरेका बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरुले जानकारी दिए ।

यो उपाधि जित्नुमा बैंकका सञ्चालक समिति,शेयरधनी,कर्मचारी,बैंकका ग्राहक र शुभेच्छुक सबैको प्रत्यक्ष अप्रत्यक्ष भूमिका रहेको प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । ‘यो उपाधि जित्नुमा बैंकका सरोकारवाला सबैको रचनात्मक साथ छ,यसले बैंकलाई थप व्यवस्थित र उत्कृष्ट सेवा प्रवाह गर्न जिम्मेवारी र दायित्व थपिदिएको छ’–पौडेलले भने ।

बेस्ट म्यानेज्ड कमर्सियल बैंकको अवार्ड भने स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले जितेको छ । यो विधामा सिद्धार्थ बैंक लिमिटेड दोस्रो भएको छ भने राष्ट्रिय वाणिज्य बैंक तेस्रो भएको छ । बेस्ट म्यानेज्ड कम्पनी अफ द इयरको अवार्ड भने शिवम् सिमेन्टले जितेको छ ।
बेस्ट म्यानेज्ड माइक्रोफाइनान्स कम्पनी अवार्ड छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले जितेको छ । सो विधामा फरवार्ड कम्युनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो स्थानमा रहँदा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो स्थान हासिल गरेको छ ।यस्तै, बेस्ट म्यानेज्ड ननलाइफ इन्स्योरेन्स कम्पनी अवार्ड शिखर इन्स्योरेन्स कम्पनीले जितेको छ । यो विधामा सगरमाथा इन्स्योरेन्स कम्पनी दोस्रो र नेको इन्स्योरेन्स कम्पनी तेस्रो भएका छन् ।

बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनीको उपाधि भने नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले जितेको छ । यो विधामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी दोस्रो हुँदा लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड तेस्रो भएको छ ।

बेस्ट म्यानेज्ड फाइनान्स कम्पनीको अवार्ड भने आईसीएफसी फाइनान्स लिमिटेडले जितेको छ । यो विधामा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स दोस्रो र गुडविल फाइनान्स कम्पनी तेस्रो भएका छन् ।

यी अवार्डको विजेता ४ सदस्यीय जुरीको टोलीले छनोट गरेको थियो । जसमा विमल वाग्ले, श्रीमान कार्की, शशी सत्याल र महेश कुमार थापा रहेका थिए ।
नेपालको पहिलो गर्भनर हिमालयशम्शेर राणालाई लाइफ टाइम एचिभमेन्ट इन बिजनेश लिडरशीप अवार्ड दिइएको छ ।

प्रकाशित मिति : मंगलबार, मंसिर २७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij