काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट झण्डै २० केजी सुन बरामद भएको छ।
विमानस्थल भन्सार कार्यालयका अनुसार करिब २० केजी सुनसहित एक विदेशी नागरिक पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा सुडानी नागरिक करिब ३२ वर्षका एक पुरुष रहेका छन्। एकै व्यक्तिले ठूलो मात्रामा सुन ल्याएको यो पहिलो पटक भएको भन्सार कार्यालयको दाबी छ ।
उनले ल्याएको झोलाबाट १९ केजी ९ सय ग्राम सुन बरामद गरिएको हो । अहिले बरामदको पक्रिया चलिरहेको भन्सार कार्यालयले जनाएको छ । उनी केहीबेर अघि फ्लाइ दुबइको विमानबाट विमानस्थलमा अवतरण गरेका थिए ।
बरामदी पक्रिया सकिएपछि उनलाई अनुसन्धानका लागि प्रहरी वृत्त गौशालामा पठाइने छ ।
प्रकाशित मिति : शुक्रबार, पुष ८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्