JanataToday.com

Advertisment

SKIP THIS

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय सभापतिमा रामकृष्ण बराल निर्वाचित

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय सभापतिमा रामकृष्ण बराल निर्वाचित

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रामकृष्ण बराल निर्वाचित भएका छन्।
समाजको पौष २९ र ३० गते भुमहीमा सम्पन्न २५ औं राष्ट्रिय परिषद बैठकले बरालको सभापतित्वमा २७ सदस्यीय केन्द्रीय नयाँ नेतृत्व चयन गरेको हो ।
जसमा केन्द्रिय कार्य समितिको बरिष्ट उपसभापतिमा कृष्ण बहादुर रावल, उपसभापति राजेन्द्र पौडेल, उपसभापति (महिला) पुष्पा मल्ल, महासचिव रेनुका पौडेल, सचिव प्रदेश १ लक्ष्मिनारायण मिश्र, सचिव मधेस प्रदेश अमर गौतम, सचीव बागमती प्रदेश चन्द्रमणी बन्जारा, सचिव गन्डकी प्रदेश सिताराम तिवारी,सचिव लुम्बिनी प्रदेश सन्तोष अधिकारी छेत्री , सचिव कर्णाली प्रदेश प्रकाश शाही , सचीव सुदुरपस्चिम प्रदेश भक्तबहादुर बिश्वकर्मा, सचिब महिला मिना ढकाल , सचिब जनजाती रामप्रसाद जोशी , सचिब मधेसि सन्तोष कुमार रौनियार , सचिब दलित निर्मल नेपाली, सदस्य नम्रता खरेल, क्षेमादेवी अधिकारी , मिरादेवी अधिकारी, फुलु सुनार, ज्ञानेन्द्र निरौला , बिनोद कुमार अधिकारी, डिपि खनाल, देवराज भट्टराई ,दिल्लिप्रसाद जैशी , तुल्सिराम सुनार निर्वाचित भएका छन् ।

यस अघि उद्घाटन सत्रमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले २०६३ सालको ऐतिहासिक परिवर्तनपछि पनि मानव अधिकार उल्लंघनकर्ता बारम्बार पुरस्कृत भएका कारण मानव अधिकार संस्कृति निर्माण र विस्तारमा बाधा पुगेको धारणा व्यक्त गरे ।

समाजका सभापति गोविन्द खनालको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा संविधानसभा सदस्य विनोद पहाडी, वरिष्ठ अधिवक्ता डिल्लीराज धिताल, नेपाली कांग्रेसका कुलदिप आचार्य, नेकपा एमालेका डोलेश्वर भण्डारी, माओवादी केन्द्रका रामानन्द यादव, जसपाका शेषनारायण साहानी, शान्ति समाजका सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, पूर्व सभापति डा। गंगाधर अधिकारी, वरिष्ठ उपसभापति सुशिल बस्नेत, महासचिव रामकृष्ण बराल, सचिव मिना ढकाल र मूल तयारी समिति संयोजक सन्तोष अधिकारी क्षेत्रीले मन्तव्य व्यक्त गरेका थिए । २५ औ रा.प.बैठकमा शान्ति समाजका जिल्ला शाखाहरुबाट प्रतिनिधि र पर्यवेक्षक गरि दुई सय पचहत्तर जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : शनिबार, पुष ३० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij