तराईका जिल्लामा हुस्सु कुहिरो

तराईका जिल्लामा हुस्सु कुहिरो

काठमाण्डाै – आज बाग्मती, मधेस प्रदेश र प्रदेश १ को मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ ।

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावसँगै अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव रहेकाले यी प्रदेशमा आज बादल लाग्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यी तीन प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भए पनि पानी पर्ने सम्भावना छैन ।

अन्य प्रदेशको मौसम सामान्यतया सफा नै रहने पूर्वानुमान छ । उच्च पहाडी र हिमाली जिल्लामा भइरहेको हिमपात  पनि रोकिएको छ । तराईका जिल्लामा अहिले बिहान हुस्सु कुहिरो लागे पनि बिस्तारै हट्दै जाने अनुमान छ ।

प्रकाशित मिति : शुक्रबार, माघ १३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij