तिलोत्तमा-स साना बालबालिकालाई सहभागि गराई उनिहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले तिलोत्तमा चार मा रहेको सिद्धार्थ माध्यमिक विद्यालय ले किड्स डे मनाएको छ।
कक्षा नर्सरी देखि कक्षा तीन सम्मका बिद्यार्थीलाई किड्स डे मा समेटिएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रा रामलाल श्रेष्ठ को अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी मान काजी श्रेष्ठ ,क्या. नर ब थापा , उमेश न्यौपाने लगायतका अतिथिहरु एवं स साना बालबालिकाका अभिभावकको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बालबालिकाहरुले स्वागत गित , नाटक तथा प्रहसन प्रस्तुत गरेका थिए। बालबालिकाहरु कोहि डाक्टरको अभिनय गर्दै थिए भने कोहि बिरामी थिए, कसैले असल बानीब्यबहारका बारेमा अभिभावकको ध्यान तानेका देखिन्थे । कार्यक्रममा बिद्यालयका सहायक प्रधानाध्यापक रमेश प्रसाद बश्यालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तब्य राख्नु भएको थियो । सो अवसरमा बिद्यार्थी सिमरन थापा,
रिभा क्षेत्री ले बालबालिकालाई हरेक क्षेत्रमा सहभागि गराउनुपर्ने र बालबालिका लाई एक अर्को संग दाँज्न नहुने बताउनुभयो ।
कार्यक्रममा बिद्यालयमा कक्षा नर्सरीदेखि कक्षा तीन सम्मका बार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई पुरस्कार बितरण गरिएको थियो। बिद्यालयका शिक्षक मेघराज भट्टराई को संचालनमा भएको कार्यक्रममा बालबालिकाहरुले पनि कार्यक्रम संचालन गरेका थिए।
प्रकाशित मिति : मंगलबार, फाल्गुन २ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्