रूपन्देही सुपरलिगः देवदह क्रिकेट युनिट १५ रनले विजयी

रूपन्देही सुपरलिगः देवदह क्रिकेट युनिट १५ रनले विजयी

 

भैरहवा

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को मंगलबारकोे खेलमा देवदह क्रिकेट युनिट विजयी भएको छ । देवदहले शंकरनगर क्रिकेट क्लबलाई १५ रनले पराजित गर्दै जित निकालेको हो ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको देवदहले निर्धारित ४८ ओभरको खेलमा २४.४ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय २३ रनको सामान्य योगफल बनायो । उसका लागि विनित कार्कीले ४४, क्षितिज थापाले २२, कृष्ण पासीले १७ र सुरज खड्काले १४ रन बनाए ।

८ ओभर बलिङ गरेका शंकरनगरका महेन्द्र सुवेदीले ३ मेर्डन राख्दै ३४ रन खर्चेर ६ विकेट लिए । यस्तै, विपिन भट्टराईले २ तथा केशव पौडेल र विष्णु पाण्डेले समान १–१ विकेट लिए ।

प्रतिउत्तरमा १ सय २४ रनको सामान्य लक्ष्य पछ्याएको शंकरनगर २४.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८ रनमै समेटियो र हार व्यहोर्यो । उसका लागि हार्दिक थापाले नटआउट ६८ र विष्णु पाण्डेले १५ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न नसक्दा टिम पराजित हुन पुग्यो ।

बलिङमा देवदहका अर्जुन रायमाझीले ५, रोशन गौतमले ३ तथा सुरज खड्काले २ विकेट लिए । खेलमा देवदहका अर्जुन रायमाझी म्यान अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता छ । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन ९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij