होलीलाई मर्यादित बनाउन रुपन्देहीमा सुरक्षा कडा,१२ सय प्रहरी परिचालन

होलीलाई मर्यादित बनाउन रुपन्देहीमा सुरक्षा कडा,१२ सय प्रहरी परिचालन

रुपन्देही जिल्लामा होलीको अवसरमा हुन सक्ने उच्छृंखल गतिविधि रोक्न रुपन्देही प्रहरीले सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । होली पर्वलाई मर्यादित र ब्यवस्थित बनाउन सुरक्षा ब्यवस्थालाई थप कसिलो बनाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक भरत बहादुर वि.कले जानकारी दिए ।

सभा तथा कार्यक्रमहरु गरी भिडभाड गर्ने,जवरजस्ती रंग तथा पानीका लोला हान्ने,गहना लुट्ने जस्ता उच्छृंखल गतिविधि हुने हुदाँ सो कार्य रोक्न प्रहरी प्रशासनको जिम्मेवारीअनुरुप सुरक्षा व्यवस्था कडा पारिएको एसपी वि.कको भनाई छ । होली पर्वलाई लक्षित गर्दै १२ सय प्रहरी परिचालित भएको जनाईएको छ ।

प्रहरी प्रमुख वि.कले अरु गतिविधीभन्दा पनि मोटरसाइकलमा २ जनाभन्दा बढी सवार हुने, तिव्र गतिमा सवारी चलाउने लगायतका गतिविधि हुन सक्ने सङ्केत गरे । प्रहरीका मोवाइलहरु चलायमान बनाउने, आवश्यक्ताअनुसार चेकप्वाइन्टहरु थप्दै जाने र उच्छृंखल गतिविधि गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन प्रहरी प्रतिबद्ध रहेको वि.कको भनाई छ ।

‘विगतका वर्षहरुमा मुस्लिम धर्मालम्बीप्रति लक्षित गर्दै विभिन्न किसिमका समस्याहरु सृजना गरेर धार्मिक साम्प्रदायिकतामाथि आँच आउने गतिविधिप्रति पनि हामी सर्तक छौँ,’ वि.कले भने । प्रहरी उपरिक्षक वि.कका अनुसार स्थानीयस्तरमा इलाका प्रहरी कार्यालय, प्रहरी चौकी लगायतका निकायलाई पनि सतर्क बनाई गस्ति गर्न निर्देशन दिएको बताए ।

मदिराको उत्पादन र प्रयोग पनि बढ्न सक्ने हुँदा त्यसमा पनि मातहतका प्रहरी युनिटहरुलाई सचेत गराईएको छ ।कुनै किसिमको असहज परिस्थिती हुन नदिन सबै प्रहरी युनिटहरुबिचको समन्वय र सहकार्यले मात्र शान्ति सुरक्षामा खलल नपुग्ने एसपी वि.कको विश्वास छ । शान्ति सुरक्षामा असर पुर्योउने,ट्राफिक नियम उल्लंघन गर्ने तरुन्त कार्वाही गरिने बताए ।

फागु पूर्णिमाको अवसरमा सम्पूर्ण रुपन्देहीवासीमा शुभकामना व्यक्त गर्दै प्रहरी उपरिक्षक वि.कले सभ्य र मर्यादित ढंगले सुरक्षित रुपमा घर परिवार,साथीभाईमै होली पर्व मनाउन आग्रह गरे । कहीँकतै अमानविय गतिविधि भएमा १ सय नम्बरमा सम्पर्क गरी प्रहरीलाई सुचना दिन पनि उनले अपिल गरेका छन् ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन १९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij