JanataToday.com

Advertisment

SKIP THIS

११३ औं अन्तराष्ट्रिय नारी दिवसमा शान्ति समाजद्धारा बुटवलमा प्रदर्शन

११३ औं अन्तराष्ट्रिय नारी दिवसमा शान्ति समाजद्धारा बुटवलमा प्रदर्शन

बुटवल-अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलको अमरपथमा प्रदर्शन गरेको छ । कार्यक्रममा महिला अधिकार, मानव अधिकार, व्यवहारमा समानता, अवसरमा समानता लगाएतका नाराहरु लेखिएका ब्यानर र प्लेकार्डहरु समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा सहभागिहरुले सामाजिक न्याय र समानताको आन्दोलनमा सदैव क्रियाशिल रहने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
सो अवसरमा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सल्लाहकार तथा निवर्तमान सभापति गोविन्द खनालले महिला माथि हुने हिंसा, विभेद, अन्याय र अत्याचार अन्त्यका लागि समाजमा सचेतनाको जरुरी रहेको बताएका छन् । संबिधान र कानुनमा महिला हिंसा, अन्याय र अत्याचारका बिरुद्ध लिपिबद्ध गरिएका कतिपय अधिकार र हक ब्यबहारिक रुपमा कायम हुन नसक्दा श्रमिक महिलाहरुको उचित सम्मान हुन नसकेको भन्दै निवर्तमान सभापति खनालले टिप्पणी समेत गरेका छन् ।
प्रदर्शन कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव मिना ढकाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियार, तितेपाती वचत तथा ऋण सहकारीका अध्यक्ष कमला बस्नेत कुँवर, शान्ति समाज रुपन्देहीका सभापती खिमप्रसाद भट्टराई(कृष्ण), उपसभापति कपिल ज्ञवाली, सहसचिव सिता पौडेलले नेपाली समाजमा अझै पनि महिलामाथि विभेद रहेकाले समानताका लागि सरोकारवालाहरु एकजुट हुनुपर्ने आवश्यक्ता रहेको बताएका थिए ।
सैनामैनामा स्वास्थ्य शिविर सम्पन्न
नारी दिवसकै अवसरमा महिलाको स्वास्थ्य अधिकार सुनिश्चित गर्न माग गर्दै मानव अधिकार र शान्ति समाजले रुपन्देहीको सैनामैनामा निःशुल्क स्वास्थ्य शिविर समेत सम्पन्न गरेको छ । मानव अधिकार तथा शान्ति समाजको आयोजना एबं बुटवलस्थित साझा हस्पिटल प्रालिको प्राबिधिक सहयोगमा सैनामैना नगरपालिका वार्ड नं. ६ झाला कैंयारेटोलमा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको हो । शिविरमा १ सय ५० जना महिला तथा बालबालीकाले सेवा लिएको र बिशेषतः बिपन्न तथा दलित महिला तथा बालबालिकाहरुको लागि निःशुल्क स्वास्थ परिक्षण तथा औषधी प्रदान गरिएको शान्ति समाजले जनाएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा गाउँ बस्तिमै पुगेर विशिष्ठ स्वास्थ्य सेवा (भिडियो एक्सरे, ल्याब परिक्षण, औषधि तथा विशेषज्ञ परामर्श सेवा समेत प्रदान गरि “अधिकार अब व्यबहारमा” भन्ने नारालाई ब्यबहारमा लागु गरिएको शान्ति समाजका जिल्ला सभापति खिमप्रसाद भट्टराईले बताए । सो अवसरमा सहभागि बक्ताहरुले यस अभियानमा नागरिकको स्वास्थ्य अधिकारलाई प्रत्याभुत गराउन सबैले हातेमालो गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
सो कार्यक्रममा सैनामैना नगरपालीकाका मेयर श्री फणीन्द्र प्रसाद शर्मा, महिला रोग बिशेषज्ञ डा. प्रदिप कुमार श्रीवास्तव, बाल रोग बिशेषज्ञ डा. अनिल खनाल, डा. सपना बलाल, वार्ड अध्यक्ष गोपल पोख्रेल, वार्ड सदस्यहरु माया बिक, गिता घिमिरे, समाजसेवी रणबहादुर खनाल, किरण पौडेल लगाएतले महिलाहरुको स्वास्थ्य प्रति सबैले ध्यान पुराउनु पर्ने बताएका छन ।
अन्तर्राष्ट्रिय नारी दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने गरिएको हो ।

प्रकाशित मिति : बुधबार, फाल्गुन २४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij