बुटवल १७ रानिगंजमा ज्येष्ठ नागरिक मिलन केन्द्रको शिलान्यास

बुटवल १७ रानिगंजमा ज्येष्ठ नागरिक मिलन केन्द्रको शिलान्यास

नेपालको शान्ती प्रकृयालाई पुर्णताको लागी कांग्रेस र माओवादीको बिचमा सहमती र सहकार्य आजको आवश्यकता :नेता खाँण

बुटवल – रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १७ रानिगंजमा ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण हुने भएको छ । केन्द्रको सोमबार आयोजित एक समारोहबीच पूर्व गृहमन्त्री बालकृष्ण खाँण बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डे ले शिलन्यास गरे ।

झण्डै १० कठ्ठा क्षेत्रफलमा ज्येष्ठ नागरिक मिलन केन्द्रसँगै क्रियापुत्री भवन आकर्षक बाल उद्यान समेत निर्माण गरिने वडाध्यक्ष ज्ञान बहादुर रेस्मीले जानकारी दिए ।

तीव्र सहरीकरणसँगै युवापुस्ता कामकाजी भइरहँदा ज्येष्ठ नागरिकलाई आनन्ददायी तरिकाले समय बिताउन सहयोग पु¥याउने उद्देश्यले ज्येष्ठ नागरिक मिलन केन्द्रको अवधारणा ल्याइएको हो । प्रदेश सरकारको १० लाख बजेटमा निर्माण सुर यस केन्द्रले बुटवल १७,१८ र १९ का नागरिकलाई समेटने छ ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम निबर्तमान गृहमन्त्री बालकृष्ण खाँणले नेपालको शान्ती प्रकृयालाई पुर्णताको लागी नेपाली कांग्रेस र माओवादीको बिचमा नै सहमती र सहकार्य हुनु आजको आवश्यकता भएका बताएका छन ।
माओबादी पछिल्लो समयको परिवर्तनको लागी ठुलो आन्देलनकारी शक्ती र नेपाली काँग्रेस पुरानो अभिभावकत्व प्रदान गर्ने पार्टी भएकाले दुइ बिच सहमती र सहकार्य भयो भने शान्ती प्रत्रियाले पुर्णता पाउने, हिंसाजन्य राजनितीक कृयाकलापले प्रोत्साहन नपाउने र नेपालमा शान्ती र सद्भाव बढ्ने उनको बिश्वास छ ।

पुर्वगृहमन्त्री खाँणले संविधान र लोकतन्त्रलाई नै खतरामा पारे पछि त्यसको रक्षाका लागि गठबन्धन आवश्यक बनेको स्मरण गराउँदै उनले आगामी दिनमा मुलुुकको सम्बृद्धि र विकासका लागि गठबन्धन अपरिहार्य रहेको समेत बताए।
मुलुकको विकासका लागि शान्ति, सुशासन र स्थिरता जरुरी रहेको बताएका छन् । उनले मुलुकमा तीव्र विकासको जरुरी रहेको जनाउँदै अब सबैले जनअपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेले ज्येष्ठ नागरिक मिलन केन्द्रलाई नमूना बनाइने बताए । ज्येष्ठ नागरिकबीच भेटघाट हुने अवसर जुटाई उनीहरूमा रहेको ज्ञान, सीप, अनुभव आदानप्रदान गर्दै सो ज्ञान, सीप युवापुस्तामा हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्न, उनीहरूमा हुन सक्ने नैराश्यता तथा एक्लोपनाको महसुसलाई कम गरी जीवन सहज र रमाइलो बनाउन, उनीहरूको सम्मान हुने गरी कार्यक्रम सञ्चालन गरिने बताए ।

कार्यक्रममा १७ का वडा सचिब राधिका श्रेष्ठ, बुटवल १९ का अध्यक्ष चन्द्र सिंह थापा लगायतले ज्येष्ठ नागरिक केन्द्र निर्माण र स्थानीयको भूमिकाको सन्दर्भमा प्रकाश पारेका थिए ।सम्पुर्ण जनप्रतिनिधि र अन्य समाजसेवी तथा राजनीतिज्ञहरुको समेत उपस्थिति रहेको थियो ।नेपालमा ज्येष्ठ नागरिकहरूका लागि विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक संविधानले प्रत्याभूत गरेको छ ।

प्रकाशित मिति : सोमबार, फाल्गुन २९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij