JanataToday.com

Advertisment

SKIP THIS

रोजगार सूचना मेलालई सफल वनाउने तिलोत्तमा उद्योग वाणिज्य संघको प्रतिवद्धता

रोजगार सूचना मेलालई सफल वनाउने तिलोत्तमा उद्योग वाणिज्य संघको प्रतिवद्धता

 

तिलोत्तमा – बेरोजगार युवा युवतीलाई रोजगारीमा जोड्ने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ‘रोजगार सूचना मेला’ आयोजना गर्न लागेको छ ।

युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन भइरहेका कारण जनशक्ति अभावको समस्या रहेको र वेरोजगार युवा युवतीहरुलाई विदेश पलायन हुनबाट रोकेर स्वदेशमै रोजगार सृजना गर्ने र औद्योगिक तथा व्यवसायिक क्षेत्रमा भएको जनशक्ति अभावलाई पूर्ती गर्ने उद्देश्यले नगरपालिकाले चैत ४ गते १ दिने रोजगार सूचना मेला आयोजना गर्न लागेको हो ।

नगरपालिकाले तिलोत्तमा नगर क्षेत्रमा रहेका रोजगार दाता तथा ब्यवसायिक संघ संस्थाहरुसंग सहकार्य गरेर यो मेला आयोजना गर्न लागेको हो ।

रोजगार सूचना मेलाकै तयारीकै सिलसिलामा नगरपालिकाले तिलोत्तमा उद्योग वाणिज्य संघमा आवद्ध उद्योगी ब्यवसायीहरुसंग आईतवार गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि उद्योगी ब्यवसायीहरुले रोजगार सूचना मेलालाई सफल पार्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा तिलोत्तमा उद्योग वणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव)ले अहिलेको परिस्थितिमा उद्योगी ब्यवसायीले रोजगार दिन सक्ने अवस्था नभए पनि नगरपालिका र उद्योग वाणिज्य संघको नङ र मासुको जस्तै सम्वन्ध भएकाले रोजगार मेलालाई सफल पार्ने दायित्व संघमा आवद्ध उद्योगी ब्यवसायीको भएको बताउनु भयो ।

नगरपालिकाले रोजगार दाता संस्थाका रुपमा संघसंग सहकार्य गरेको भन्दै रोजगार मेलाले रोजगारीको अवसर सिर्जना गर्नुका साथै रोजगार दाताले दक्ष र सिपयुक्त जनशक्ति प्राप्त गर्ने वातावरण निर्माण गर्न सहयोग गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा रोजगार मेलाका संयोजक गणेश पाठकले तिलोत्तमा नगर क्षेत्रका वेरोजगार युवा युवतीलाई स्वदेशमैे रोजगारी दिने नीति अनुरुप रोजगार मेला आयोजना गर्न लागिएको वताउनु भयो ।

रोजगार मेलाले तिलोत्तमा नगर क्षेत्रका उद्योग, कलकारखाना र अन्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने, सीप भएर पनि जागिर नपाएर विदेशिन बाध्य नागरिकलाई स्वदेशमै राख्ने वातावरण निर्माण गर्ने अअपेक्षा गरिएको संयोजक पाठकले वताउनु भयो । संयोजक पाठकका अनुसार रोजगार मेलामा विभिन्न रोजगार दाताका ४० बढि स्टल रहने र मेलामै विभिन्न सिप भएका ब्यक्तिहरुलाई रोजगार दिलाईने छ । मेलामा रहने स्टल नगरपालिकाले निर्माण गर्ने र मेलाका लागि कुनै शुल्क नलाग्ने संयोजक पाठकले बताउनु भयो ।

मेलाका उपसंयोजक रबि सेन्च्युरीले मेलामा सीपमूलक तालिमको अवसरहरुको जानकारी, वृत्ति परामर्शसम्बन्धी सेवा, सीपको प्रमाणीकरण, विभिन्न रोजगारीका अवसरका बारेमा जानकारी गराउनुका साथै रोजगारीका लागि सहजीकरण गर्ने वताउनुभयो । मेलाकै माध्यमवाट बेरोजगार युवा युवतीलाई रोजगारीमा जोड्नका लागि सहजिकरण गर्ने अपेक्षा समेत गरिएको उहांले वताउनु भयो ।

संघका महासचिव राजकुमार पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा संघका सल्लाहकार चन्द्रमान श्रेष्ठ, कृष्णबहादुर गौतम, माधवलाल देवकोटा, उद्योग उपाध्यक्ष सूरज पंगेनी, संघका सदस्यहरु मधुसुदन घिमिरे, शालिकराम वस्ती, रुस्तम कँडेल, बसन्त रोका क्षेत्री, गणेश शर्मालगायतले बोल्दै अहिलेको अवस्थामा रोजगारी सिर्जना गर्न सकिने परिस्थिति नभए पनि रोजगार मेलाले रोजागरीको खोजीमा रहेका युवा युवती र रोजगारदातालाई जोड्न पुलको काम गर्ने बताउनु भयो ।

उहांहरुले तिलोत्तमामा कति उद्योग ब्यवसाय सञ्चालनमा छन्, कतिले रोजगारी पाएका छन्, कतिजना बेरोजगार छन्, कतिजना वैदेशिक रोजगारीमा गएका छन्, कतिजना फर्केका छन् भन्ने तथ्याँक नगरपालिकाले राख्नु पर्ने र आवश्यक्ता पर्दा युवाहरुले विदेशमा सिकेको सिपलाई स्वदेशमै प्रयोग गर्न सकिने हुनाले यस्तो तथ्याँक राख्न नगरपालिकालाई सुझाव दिनुभयो ।

प्रकाशित मिति : सोमबार, फाल्गुन २९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij