JanataToday.com

Advertisment

SKIP THIS

लुम्बिनीको दानपात्रमा एक करोड तीन लाख

लुम्बिनीको दानपात्रमा एक करोड तीन लाख

बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा दानवापत १ करोड ३ लाख ७ हजार रुपियाँ सङ्कलन भएको छ। बुधबार सकिएको गणनामा यो पटक कोभिडपछि धेरै रकम भेटी वापत सङ्कलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिनुभयो।

कोषका कोषाध्यक्ष भट्टराईको नेतृत्वमा आइतबारदेखि दानपात्रको रकम गणना सुरु गरिएको थियो। आइतबार ११ लाख ८२ हजार, सोमबार ३६ लाख २८ हजार मङ्गलबार ३२ लाख ५० हजार, बुधबार २२ लाख ४७ हजार रुपियाँ सङ्कलन भएको राजस्व शाखाका विकास लामाले जानकारी दिनुभयो।

फागुन २८ गतेदेखि बुधबारसम्म चार दिनसम्म लगातार ४० जना गणकबाट सङ्कलित रकम गणना गरिएको थियो। अघिल्लो पटक मङ्सिर २८ देखि पुस १ गतेसम्म चार दिन लगाएर दानपात्र खोलेर रकम गणना गरिएको थियो।

अहिले विदेशी पर्यटकको सङ्ख्या बढेकाले पनि दानवापतको रकम वृद्धि भएको कोषले जनाएको छ। कोषले आन्तरिक आम्दानीबाटै कर्मचारी र अन्य व्यवस्थापन गर्दै आएको छ।

सो दान रकम गणनालाई पारदर्शी बनाउन सीसीटीभी जोडेर कोषका पदाधिकारी, लुम्बिनीका सुरक्षा प्रतिनिधिको रोहबरमा गणना गरिएको हो। गणना सुरु भएपछि हरेक दिनको गणना गरिएको दान रकम मुचुल्का उठाएर बैंकमा जम्मा गरिएको छ।

लुम्बिनीमा प्रमुख आम्दानीको स्रोतका रुपमा दानलाई लिने गरिएको छ।

प्रकाशित मिति : बिहिबार, चैत्र २ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij