आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस शान्ति समाजद्धारा बुटवलमा प्रदर्शन

आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस शान्ति समाजद्धारा बुटवलमा प्रदर्शन

जातीय विभेद छुवाछुत समुन्नत समाजको बाधक:तिलोत्तमा नगर प्रमुख खाँड

बुटवल, चैत ७ -अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसर पारेर मानव अधिकार तथा शान्ति समाजले आज रुपन्देहिको योगिकुटिमा प्रदर्शन गरेको छ ।

जातीय विभेदको जड दण्डहीनता भएकाले दण्डहीनताको अन्त्य र सामाजिक न्यायको प्रत्याभूतिका लागि दबाब स्वरुप प्रदर्शन गरेको शान्ति समाज रुपन्देहि शाखाले जनाएको छ ।

दलित अधिकार मानव अधिकार, सबैका लागि सबै अधिकार, जातीय विभेद अपराध हो, छुवाछुत अन्त्य गरौं, मानव अधिकार रक्षा गरौं लगायतका प्लेकार्डसहित उनीहरुले प्रदर्शन गरेका हुन्

कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँडले जातीय विभेद छुवाछुत समुन्नत समाजको बाधक रहेको  बताएका छन् ।कानुनी व्यवस्था तथा संरचना थप प्रभावकारी बनाउँदै जातीय वर्ग वर्गभित्र पनि सीमान्तीकृत र विपन्न समूहलाई बढी लाभ पु¥याउने गरी कार्य गर्नु पर्ने बताए।

सम्पूर्ण दलित अधिकारकर्मी, अभियान्ताहरुलप्रति सम्मान व्यक्त गर्दै उनले भने ‘कोही पनि मानिस जातीय विभेद र छुवाछुतबाट अपहेलित र अपमानित हुनुहुँदैन,मुलुकमा जातीय भेद्भाव र छुवाछुतलाई पूर्ण रूपमा अन्त्य गर्न अझै नीति तथा कार्यक्रम निर्माण गर्न आवश्यक रहेको छ ।’

कार्यक्रममा संबिधान सभा सदस्य बिनोद पहाडीले कानुेनी रुपमा नेपाल विभेद रहित देशका रुपमा चिनिएपनि व्यवहारिक रुपमा विभेद अन्त्य नहुनु मानवताकै लागि लज्जित बिषय भएको बताए ।कानुनी व्यवस्था तथा संरचनालाई थप प्रभावकारी बनाउँदै यस वर्गभित्र पनि सीमान्तीकृत र विपन्न समूहलाई बढी लाभ पु¥याउने गरी कार्य गर्नसमेत सबैलाई आग्रह गरेका छन्।

मानव अधिकार तथा शान्ति समाजका निबर्तमान केन्द्रीय सभापती गोविन्द खनालले विभेद रहित समाजमा मात्रै शान्ति कायम हुने भएकाले मानव सभ्यताको कलंकको व्यवहारमै अन्त्य गर्नुपर्ने बताए ।

उनले विभेदका घटनामा राज्यपक्षले लुकाउन खोजेको बताउँदै छुवाछुत अमानवीय र अपराधिक कार्य भएको बताए । उनले कथित गैरदलित समुदायले आफ्नो व्यक्तिगत अधिकारका नाममा कथित दलित समुदायमाथी अपराध गरेको बताए । विभेद रहित समाज बनेमात्रै समाजमा शान्ति, समुन्नती र सामाजिक न्यायको प्रत्याभूती हुने सभापती खनालको भनाई छ ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले विभेदका मुद्धालाई नेपालका सञ्चारमाध्यमको प्राथमिकतामा राख्ने गरेको बताए । उनले जातीय भेदभाव अन्त्यका लागि सरकार नै जिम्मेवार हुनुपर्ने बताउँदै शिक्षा र स्वास्थ्यलाई निशुल्क बनाउदा धेरै हदसम्म समस्या समाधान हुने बताए ।

दलित पत्रकार संघका केन्द्रिय उपाध्यक्ष बिनोद परियारले जातीय भेदभाव अन्त्यका लागि गैरदलित समुदायले नै पहल गर्नुपर्ने बताए । कानुनी रुपमा जातीय भेदभाव र छुवाछुत अन्त्य भएपनि व्यवहार अन्त्य हुन नसकेको बताए ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापती कृष्ण भट्राईको अध्यक्षता, कोषाध्यक्ष लिलाधर लुइटेलको संयोजन ,उसभापति कपिल ज्ञवालीको स्वागत तथा सचिब कृष्ण पाण्डेकोसञ्चालनमा भएको थियो ।

प्रदर्शनमा अधिकारकर्मी,अभियान्ता ,सरोकारवाला तथा बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।रंगभेद उन्मूलन दिवस प्रत्येक वर्ष मार्च २१ तारिखकका दिन विश्वभर मनाउने गरिन्छ । नेपालमा दलित समुदायले भने छुवाछुत अन्त्य हुन नसकेको भन्दै खबरदारीका रुपमा दिवस मनाउने गरेका छन ।

प्रकाशित मिति : मंगलबार, चैत्र ७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij