आज विश्व क्षयरोग दिवस

आज विश्व क्षयरोग दिवस

काठमाडौं : विश्व क्षयरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘हो, हामी क्षयरोग अन्त्य गर्छौँ !’ मूल नाराकासाथ क्षयरोग दिवस मनाउन लागिएको हो।

 

 

दिवसको अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले भक्तपुरस्थित कार्यालयमा बिहान पौने ११ बजे विशेष कार्यक्रम आयोजना गर्दैछ।

सन् १८८२ मार्च २४ का दिन डाक्टर रोबर्ट कोचले क्षयरोगको जीवाणु पत्ता लगाएका थिए। त्यसको एक सय वर्षपछि सन् १९८२ मा २४ मार्चदेखि विश्व क्षयरोग दिवस मनाउने गरिएको हो।

नेपालमा क्षयरोग प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहँदै आएको छ । नेपालमा आर्थिक वर्ष २०७५/७६ मा करिब ६९ हजार क्षयरोगका नयाँ बिरामी थपिएको राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणको तथ्यांक छ। तर तीमध्ये २८ हजार हाराहारी बिरामी मात्रै उपचारको दायरामा आएको पाइएको छ।

त्यस्तै २०७८/७९ मा  ३७ हजार ८०० भन्दा बढीमा क्षयरोग पत्ता लागेको छ । राष्ट्रिय क्षय रोग केन्द्रले आर्थिक वर्ष २०७८७९ मा २५ वटा स्थानीय तहमा क्षयरोगमुक्त नेपाल अभियान सुरु गरिएको थियो। २०७९/८० मा थप १०० स्थानीय तहमा यो अभियान विस्तार गरिएको जनाएको छ।

प्रकाशित मिति : शुक्रबार, चैत्र १० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij