दुई दिन भित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछ : मन्त्री शर्मा

दुई दिन भित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछ : मन्त्री शर्मा

काठमाडौं – नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दुई दिन भित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् ।

 

 

सत्तारुढ दलहरूबीच मन्त्रालय बाँडफाँडको विषयमा किचलो भइरहँदा सञ्चारमन्त्री शर्माले यस्तो दाबी गरेकी हुन्।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले मन्त्रिपरिषद विस्तारको गृहकार्य अन्तिम चरणमा पुगेको र १/२ दिन भित्रै यसले पूर्णता पाउने बताइन्।

मन्त्री शर्माले सरकारले जनतामा केही गर्छ भन्ने भाव जगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल सफल हुनु सरकारको सबैभन्दा ठूलो उपलब्धि भएको जिकिर समेत गरिन्।

मन्त्री शर्माले वर्तमान सरकारप्रति जनतामा आशा पलाएको उल्लेख गर्दै उनीहरूको चाहना अनुसार काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन्। उनले संक्रमणकालीन न्याय निरुपणका लागि सरकारले सोसम्बन्धी विधेयक संसदमा ल्याएको र त्यसलाई छिट्टै पारित गरी कार्यान्वयनमा लैजाने बताइन्।

प्रकाशित मिति : बुधबार, चैत्र १५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij