काठमाण्डाै – सत्ता गठबन्धनमा आबद्ध दलहरूले मन्त्रालय बाँडफाँटको टुङ्गो लगाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधवार बसेको गठबन्धन दलहरूको बैठकले मन्त्रालय बाँडफाँट गरेको बैठकमा सहभागी जनता समाजवाद पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
नेता श्रेष्ठका अनुसार कांग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, नेकपा एकीकृत समाजवादीलाई २, जसपालाई २, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १, जनमत पार्टीलाई १ राज्यमन्त्रीसहित १ मन्त्रालय र नेपाल समाजवादी पार्टी (नेसपा) लाई १ मन्त्रालय बाँडफाँटको सहमति जुटेको छ । कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे यकिन भइनसकेको श्रेष्ठले बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउने विषयमा भने छलफल नभएको उहाँले बताउनुभयो । भोलि बिहीवार सरकार विस्तार गरेर भोलि नै शपथ ग्रहण गराउने तयारी भएको पनि नेता श्रेष्ठले बताउनुभयो ।
प्रकाशित मिति : बुधबार, चैत्र १५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्