थप ४२ जनामा कोरोना संक्रमण, १२३ जना सक्रिय संक्रमित

थप ४२ जनामा कोरोना संक्रमण, १२३ जना सक्रिय संक्रमित

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ३०० जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र ६१५ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहीबार मात्रै १७ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल देशभर १२३ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् ।

यसअघि क्रमश कोरोना संक्रमण बढ्दै गएकाले सतर्क रहन सबैलाई मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ ।

अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ ।

प्रकाशित मिति : बिहिबार, चैत्र १६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij