लुम्बिनी-लुम्बिनी सुनचाँदी व्यवसायी संघ को दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशन आज सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सुन चांदी व्यवसायी महासंघ लुम्विनी प्रदेश उपाध्यक्ष बिक्रम बहादुर सुनार ले सम्पूर्ण सुनचाँदी व्यवसायीहरुको अभिभावक संघ भएकाले संघ व्यवसायीहरुको सुख,दुःखमा साथमा रहने बताए ।व्यवसायीहरूको कच्चापदार्थको रूपमा रहेको सुनको आयात कम रहेकाले आयातको मात्र बढाउन सरकारसँग अपिल गर्ने समेत बताएका हुन ।
रुपन्देही सुन चांदी व्यवसायी संघ अध्यक्ष रामकिसन सेन्चुरी ले सुनचाँदी व्यवसाय अति संवेदनशिल व्यवसाय भएकाले राज्यले सुरक्षा दिनुपर्ने ,व्यवसायीहरुलाई आवश्यक पर्ने सुन सहज उपलब्ध गराउनुपर्ने बताए।
कार्यक्रममा दितिय उपाध्यक्ष गोपाल रामदाम , कोषाध्क्षय मनोज सेन्चुरी,सदस्य द्वय राजन रसाईली तथा ठाकुर गौतमको उपसिथती मा सम्पन्न भएको हो। लुम्बिनीमा सम्पन्न संस्थाको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशन ले एघार सदस्य कार्यसमिति चयन गरेको छ।
संस्थाको अध्यक्षमा व्रिजेस कुमार वर्मा चयन हुनुभएको छ भने उपाध्यक्ष मा,विवेक कुमार वर्मा सचिवमा पसुपति प्रसाद सोनार,कोषाध्यक्षमा राजकुमार बर्मा,सह सचिवमा जितेन्द्र प्रसाद वर्मा र सहकोषाध्यक्षमा सर्बेस बर्मा चयनभएका छन् । त्यस्तै सदस्यहरुमा आकासचन्द्र बर्मा,राजकुमार सोनार, सम्भु कौसल ,सुनिल प्रसाद सुनार र बिश्वानाथ बर्मा चयन भएको निर्बाचन समितीले जानकारी गराएका छन ।
प्रकाशित मिति : शनिबार, चैत्र १८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्