लुम्बिनीमा विश्व बौद्ध सम्मेलनको तयारी सुरु

लुम्बिनीमा विश्व बौद्ध सम्मेलनको तयारी सुरु

काठमाण्डाै – बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व बौद्ध सम्मेलनको तयारी सुरु भएको छ । आउँदो अक्टोबरमा लुम्बिनीमा विश्व बौद्ध शिखर सम्मेलन आयोजना गर्ने गरी तयारी सुरु भएको लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्यले जानकारी दिनुभयो ।

विगत केही वर्षदेखि रोकिएको अन्तर्राष्ट्रिय शान्ति पुरस्कार बौद्ध शिखर सम्मेलनकै अवसरमा वितरणका लागि प्रक्रियाअघि बढाउने निर्णय गरेको उहाँको भनाइ छ । बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्ध जयन्तीको अवसर पारेर ‘लुम्बिनी जाउँ’ टिकटक प्रतियोगिता पनि आयोजना गरिने भएको छ ।

लुम्बिनीको थप प्रचारप्रसार र पर्यटकीय प्रवर्द्धनका लागि टिकटक प्रतियोगिता आयोजना गर्न लागिएको कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले बताउनुभयो । बुद्ध जयन्तीको अवसरमा बुद्ध संस्कृति अवलम्बन गर्ने सबैलाई निःशुल्क भिसा प्रदान गर्न नेपाल सरकारसँग पहल गर्ने निर्णय पनि भएको छ ।

लुम्बिनीमा हालै निर्मित अन्तर्राष्ट्रिय सभाहलमा पानी चुहिएकाले सम्बन्धित निर्माण कम्पनीलाई मर्मत गराउने निर्णय पनि भएको छ । अन्तर्राष्ट्रिय सभाहल गएको वर्ष बुद्ध पूर्णिमाका दिन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो । निर्माण कम्पनीले मर्मत गरेर समस्या समाधान नगर्दासम्म भुक्तानी प्रक्रिया रोक्का राख्ने निर्णय भएको कोषाध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : आइतबार, चैत्र १९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij