इन्धनमा घटेको मूल्य आजदेखि लागू

इन्धनमा घटेको मूल्य आजदेखि लागू

काठमाडौं – नेपाल आयल निगमले घटाएको इन्धनको नयाँ मूल्य आजदेखि लागू भएको छ ।

सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १०/१० रुपैयाँको दरले घटाएको थियो । यसैगरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ । खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत् राखिएको छ ।

मूल्य समायोजन पछि अब डिजेल र मट्टीतेलको नयाँ खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टीतेलको खुद्रा मूल्य १७५ रुपैयाँ प्रतिलिटर थियो ।

यस्तै पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटेपछि नयाँ मूल्य १७५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

हवाई इन्धन आन्तरिकतर्फ १६० रुपैयाँ प्रतिलिटर र बाह्यतर्फ डलर १.३५० प्रतिकिलोलिटर कायम भएको छ ।

खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १ हजार ८०० रुपैयाँमै यथावत् राखिएको छ ।

प्रकाशित मिति : मंगलबार, चैत्र २१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij