काठमाडौं – काठमाडौं महानगरपालिकाले तोकिएकै ठाउँमा पोशाक र किताब किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ।
महानगरले संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार काम गर्न नगरभित्रका सबै संस्थागत विद्यालयहरूलाई परिपत्र गरिसकेको छ। विद्यालय आफैले पाठ्यपुस्तक, स्टेशनरी विक्री गर्न नपाउने, विद्यालयबाट निर्धारित ड्रेस कोडको नमूना विद्यार्थीहरुलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोशाक खरिद गर्न बाध्य नगराउने व्यवस्था विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ ले गरेको महानगरले स्मरण गराएको छ।
महानगर प्रमुख बालेन्द्र साहले सम्पूर्ण विद्यालयहरूलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार कार्य गर्न गराउन अनुरोध गरेका छन्। प्रमुख साहले विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक पटक आइरहेको बताए।
प्रकाशित मिति : आइतबार, चैत्र २६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्