कोभिड अपडेट : सोमबार १०४ जना संक्रमित थपिँदा एक जनाको मृत्यु

कोभिड अपडेट : सोमबार १०४ जना संक्रमित थपिँदा एक जनाको मृत्यु

काठमाडौं : सोमबार देशभर १०४ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। गत २४ घन्टामा गरिएको १ हजार ६३२ जनाको नमूना परीक्षणमा १०४ जनामा संक्रमण पुष्टि भएको हो। आज एक जना संक्रमितको मृत्यु भएको छ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार संक्रमितमध्ये हाल काठमाडौं उपत्यकामा ३४ जना संस्थागत आइसोलेशनमा रहेका छन्। ७ जना आइसियू र ३ जना भेन्टिलेटरमा रहेका छन्। आज ६० जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयको विवरणअनुसार संक्रमण बढ्दै जाँदा सक्रिय संक्रमितको संख्या पनि बढेको छ। हाल देशभर ३७९ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति : सोमबार, बैशाख ४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij