काठमाण्डाै – एसीसी मेन्स प्रिमियर कपमा मलेसियाले पहिलाे जित निकालेकाे छ । साउदी अरेबियालाई आठ विकेटले हराउँदै मलेसियाले पहिलाे जित निकालेकाे हाे ।
साउदी अरेबियाले दिएकाे एक सय ५४ रनकाे मध्यम लक्ष्य मलेसियाले २१ ओभर २ बलमा मात्र दुई विकेट गुमाएर भेटायाे । उसका मुहम्मद आमिरले ५४, विरनदीप सिंहले ५१ र सइद अजिजले नटआउट ३४ रन बनाए । साउदी अरेबियाका जयन यूआई अबिदिनले दुई विकेट लिए ।
यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे साउदी अरेबिया ४६ ओभर २ बलमा १ सय ५३ रन बनाउँदा अलआउट भए । उसका हसीब गफूरले ४० र अब्दुल वहीदले ३६ रन बनाए । मलेसियाका खिजर हयातले तीन तथा मुहम्मद वकिफ, रिजवान हैदर र अनवार रहमानले दुई/दुई विकेट लिए ।
याे जितसँगै समूह ‘ए’ मा रहेकाे मलेसियाले दुई अङ्क जाेडेकाे छ । मलेसिया पहिलाे खेलमा नेपालसँग पराजित भएकाे थियाे ।
एसीसी प्रिमियर कपको समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।
प्रकाशित मिति : बिहिबार, बैशाख ७ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्