तिलोत्तमाको राजमार्गमा फ्रि वाईफाई

तिलोत्तमाको राजमार्गमा फ्रि वाईफाई

बुटवल-रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्रको राजमार्ग क्षेत्रमा फ्रि वाईवाई सेवा सञ्ञ्ञ्चालनमा आएको छ । तिलोत्तमा नगरपालिकाले सोमबारदेखि नगरपालिका भित्र पर्ने सिद्धार्थ राजमार्ग क्षेत्रमा फ्रि वाईफाई सेवा सुरु गरेको हो ।

यसका लागि नगरपालिका र लुम्बिनी प्रदेश सरकारको ईन्नोभेटीव फण्ड अन्तर्गतको संयुक्त लगानी रहेको नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरीले जानकारी दिइन् । यो डिभाईको सञ्ञ्चालन नगरपालिकाले गरेको छ । यसबाट फ्रि वाईफाई प्रयोगकर्ताले फेसबुक र यु ट्यूव, ट्वीटरलगायतका सामाजिक सञ्ञ्ञ्चालन चलाउन पाएपनि टिकटक र पोर्न साइटहरु भने चलाउन पाउने छैनन् ।

सूचना राजमार्गमार्फत डिजिटल सेवा प्रवाहका २ करोड १५ लाख बढीको काम हुने र पहिलो चरणमा नगर क्षेत्रभित्र फ्रि वाईफाई र अप्टिकल केवल बिस्तारको काम सम्पन्न भइसकेको नगरपालिकाका सूचना प्रविधि उपशाखा प्रमुख सुदिप ढकालले जानकारी दिए । उनका अनुसार सूचना राजमार्गमा कुल ८५ लाख खर्च भैसकेको छ ।

सोमबार नगरप्रमुख रामकृष्ण खांण र उपप्रमुख जगेश्वरदेवी चौधरीले संयुक्तरुपमा फ्रि वाईफाइको शुभारम्भ गरेका हुन् । बुटवल उपमहानगरपालिकाको सिमाना रहेको योगीकुटीदेखि ओमसतिया गाउँपालिकाको सिमाना रहेको कोटीहवासम्मको १३ किलोमिटर सडक खण्डमा यात्रा गर्ने सवारी साधनका यात्रुदेखि पैदल यात्रु सम्मले उक्त सेवा पाउने छन् ।

सेवा सुभारम्भ गर्दै नगरप्रमुख खांणले तिलोत्तमा नगरपालिकाले जनतालाई प्रविधिमैत्री बनाउँदै लगेको बताए । उनले फ्रि वाईफाई सेवा प्रभावकारी हुने भन्दै यसबाट उचित लाभ लिन पनि आग्रह गरे ।

नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले अव सिंगो मुलुक नै सूचना प्रविधिको क्षेत्रमा फड्को मार्ने गरी अगाडि बढ्नुपर्ने अवस्था आएको भन्दै तिलोत्तमाले पनि समयको मागलाई पछ्याएर प्रविधिमा आफूलाई रुपान्तरण गर्दै लगेको बताइन् ।

राजमार्ग क्षेत्रमा राखिएका ३८ वटा राउटर मध्ये एउटा डिभाईस वाईफाइमा कनेक्ट गरेपछि अन्य कुनै पनि राउटरबाट कनेक्ट गर्नु नपर्ने सूचना प्रविधी उपशाखा प्रमुख सुदिप ढकालले बताए ।

प्रकाशित मिति : सोमबार, बैशाख ११ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij