डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि हरेक शुक्रवार बिहान ‘साढे १० बजे १० मिनेट’ अभियान

डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि हरेक शुक्रवार बिहान ‘साढे १० बजे १० मिनेट’ अभियान

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि अभियान सञ्चालनका लागि अनुरोध गरेको छ ।

मन्त्रालयले सार्वजनिक सूचनामार्फत् ‘हरेक शुक्रवार बिहान साढे १० बजे १० मिनेट’ अभियान सञ्चालन गर्न अनुरोध गरेको हो ।

डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि आजदेखि हरेक शुक्रवार बिहान साढे १० बजे १० मिनेट अभियान सञ्चालन गरी सबै सरकारी तथा सार्वजनिक कार्यालयले आफ्ना कार्यालय हाताभित्र र वरपर सबै कर्मचारी सहभागी गराएर अनिर्वायरूपमा सरसफाइ अभियान सञ्चालन गर्न मन्त्रालयले भनेको छ ।

गएको वर्ष डेङ्गु सङ्क्रमण अत्यधिक भएको भन्दै यस वर्ष समयमै सचेतना अपनाउन अभियान सञ्चालन गर्न सरकारीसँगै निजी, सर्वसाधारण तथा सरोकारवाला सबैलाई अनुरोध गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : शुक्रबार, बैशाख १५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij