JanataToday.com

Advertisment

SKIP THIS

नेपालले कुवेतलाई दियो २ सय ८१ रनको लक्ष्य

नेपालले कुवेतलाई दियो २ सय ८१ रनको लक्ष्य

काठमाण्डाै – एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपालले कुवेतलाई २ सय ८१ रनको लक्ष्य दिएको छ । त्रिवी क्रिकेट मैदानमा पानी परेर ४२ ओभरमा झारिएको खेलमा नेपालले ९ विकेट गुमाएर २ सय ८० रन बनाएपछि कुवेतले २ सय ८१  रनको लक्ष्य पाएको हो ।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ९४ रन बनाए । यस्तै,  कुशल मल्लले ५७,  कुशल भुर्तेलले ४३, आशिफ शेखले ३१, आरिफ शेखले १९ र सन्दीप लामिछानेले ५ रन बनाए । यस्तै सोमपाल कामीले १२, ललित राजवंशीले २,  भीम शार्की १ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरीले खाता खोल्न पनि सकेनन् ।

कुवेतका मोहम्मद अस्लाम र अदान इद्रिसले २/२ विकेट लिए । नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पानी परेर केहिबेर रोकिएको खेल फेरि सुरु भएको थियो । अब दुवै टोलीले ४२/४२ ओभरको खेल खेल्नेछन् ।

प्रकाशित मिति : शनिबार, बैशाख १६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij