रास्वपा सभापति लामिछानेलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डकाे आग्रह

रास्वपा सभापति लामिछानेलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डकाे आग्रह

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । प्रचण्डलाई भेट्न लामिछाने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुग्नुभएको हो।

भेटमा प्रचण्डले उपचुनावमा विजयी भएकोमा लामिछानेलाई बधाई दिँदै सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएका मुद्दा र सवाललाई अहिलेको सरकारले सम्बोधन गर्ने प्रयास गरिरहेको भन्दै सरकारमा सहभागी हुन आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । तर सभापति लामिछानेले भने सरकारले देश र नागरिकका समस्या एकातिर पञ्छाएर गलत निर्णय गरिरहेको भन्दै असन्तुष्टि पोख्नुभएको छ ।

उहाँले प्रधानमन्त्री प्रचण्डलाई अहिले नै सरकारमा सहभागी भइहाल्ने अवस्था नरहेको पनि जवाफ दिनुभएको छ । उहाँले भोलि हुने केन्द्रीय समिति र संसदीय दलको बैठकबाट यो विषयमा निर्णय लिने सम्भावना रहेको पनि बताउनुभएको छ।

प्रकाशित मिति : आइतबार, बैशाख १७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij