सूचना दाताको सुरक्षाका लागि गम्भीर बन्न जरुरी : मन्त्री शर्मा

सूचना दाताको सुरक्षाका लागि गम्भीर बन्न जरुरी : मन्त्री शर्मा

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना दाताको सुरक्षाका लागि गम्भीर बन्न जरुरी रहेको बताएकी छन्।

 

शुक्रवार राष्ट्रिय सूचना आयोगको १६ औं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले जनताले सूचनाको माग गर्नुको अर्थ सरकारी अधिकारीलाई झन्झट दिन नभई सरकारी सेवा प्रवाह पारदर्शी बनाउन रहेको उल्लेख गरिन्। उनले  सूचनाको हक सम्बन्धी ऐन पूर्ण कार्यान्वयनका लागि गम्भीर हुन जरुरी रहेको उल्लेख गरिन्।

उनले सार्वजनिक सूचनाको अद्यावधिक र स्वतः प्रकाशनको कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्। उनले जनतालाई सरकारका गतिविधि र सूचना एकद्वार प्रणालीबाट प्राप्त गर्न सजिलो होस् भनेर सबै मन्त्रालयसँग सम्बन्धित गतिविधि जानकारी एकीकृत अनलाइन प्रणालीबाट सार्वजनिक गर्ने तयारी पनि गरेको पनि बताइन्।

उनले संघीयताको मर्मअनुरूप सूचनाको हक कार्यान्वयन गर्न कानून पुनरावलोकन आवश्यक रहेको र प्रदेश तथा स्थानीय तहमा तदनुकूल कानून बनाउनुपर्नेमा जोड दिइन्।

मन्त्री शर्माले सूचनाको हकको कार्यान्वयनलाई प्रभावकारी बनाउन अन्तरमन्त्रालय प्रवक्ता र सूचना अधिकारीहरूको सञ्जाल बनाई सूचना प्रवाहलाई प्रभावकारी बनाउने काममा सरकार लागेको पनि बताइन्।

उनले भनिन्, ‘जनताले सरकारी निकायमा पुगेर कानूनी रूपमा माग गरेका सूचना मात्र होइन, सडक वा सञ्चारमाध्यमबाट अभिव्यक्त गरेका आवाजलाई समेत सार्वजनिक सूचनाकै रूपमा लिएर सम्बन्धित पक्षसँग संवाद गरी जायज मागको सुनुवाइ गर्ने काम पनि भएको छ। सञ्चारमाध्यमबाट सार्वजनिक भएका जनगुनासा, बेथिति र अनियमितताका सूचनाले सरकारलाई सुशासनतर्फ अघि बढ्न सहयोग गरेको छ।’

मन्त्री शर्माले जनतालाई सरकारका गतिविधि र सूचना एकद्वार प्रणालीबाट प्राप्त गर्न सजिलो बनाउन लागेको पनि बताइन्।

प्रकाशित मिति : शुक्रबार, बैशाख २२ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij