राजनीति जटिल मोडमा छ, भ्रष्टाचार रोक्नैपर्छ : ओली

राजनीति जटिल मोडमा छ, भ्रष्टाचार रोक्नैपर्छ : ओली

?kGb]xL, #) ebf} M cWoIf cf]nLaf6 lhNnf :t/Lo sfo{stf{ e]nf ;Daf]wg g]kfn sDo'lgi6 kf6L{ -Pdfn]_sf cWoIf s]kL zdf{ cf]nL a'6jndf a'waf/ ?kGb]xL lhNnf :t/Lo cu'jf sfo{stf{ e]nfnfO{ ;Daf]wg ub}{ . tl:a/M lg/f uf}td÷/f;;

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारलाई रोक्नुपर्ने बताएका छन्।

 

बिहीबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान भइरहेकाले भ्रष्टाचार र भ्रष्ट व्यक्तिलाई निर्मूल पार्नुपर्ने बताएका हुन्। उनले अहिलेको राजनीति जटिल मोडमा पुगेको बताउँदै दोषिमाथि कारबाही गर्ने कुरा छोडेर कसरी, कसलाई तेजोबत गर्न सकिन्छ भनेर केही तत्वहरू लागेको बताए।

‘अहिले देशको राजनीति जटिल मोडमा पुगेको छ। भ्रष्टाचारलाई निष्पक्ष ढंगले छानबिन गरेर दृढतापूर्वक दोषीमाथि कारबाही गर्ने कुरा छोडेर कसरी, कसलाई तेजोबत गर्न सकिन्छ भन्ने कुरा पनि चलेका छन्। कसैले यसलाई यही दिन देख्नलाई गणतन्त्र ल्याइएको थियो? भन्ने गरेका छन्। राजतन्त्र होस् या गणतन्त्र जुनसुकै प्रणालीमा भ्रष्टाचार हुनसक्छ। भ्रष्टाचार रोक्नुपर्छ। भ्रष्ट मानिस हुन सक्छन्। हामीले सरकारलाई लगातार भनेका छौँ,’ अध्यक्ष ओलीले भने।

यस्तै, उनले आफूहरू भ्रष्टाचार नियन्त्रण गरौँ भनेर लड्दै आएको लड्दै आए पनि अहिले आएर बल्ल अगाडि बढेकोमा खुसी रहेको बताए। अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूरा ‘फिल्म’ देख्न बाँकी रहेको बताए। ‘जति फिल्म देखाउँछु भनेको हो, त्यो चाहिँ सुरु भएको छैन,’ उनले भने।

 

प्रकाशित मिति : बिहिबार, बैशाख २८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij