खोप लगाउन छुटेका देशभरका बालबालिकालाई आज खोप लगाइँदै

खोप लगाउन छुटेका देशभरका बालबालिकालाई आज खोप लगाइँदै

काठमाण्डाै – बृहत् खोप अभियान अन्तर्गत आज देशभर छुटेका बालबालिकालाई खोप लगाइँदैछ । खोप लगाउन छुटेका ५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशैभरिका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिनाभित्र लगाउनु पर्ने नियमित खोप छुटेका ५ वर्षमुनिका सबै बालबालिकालाई दिइँदैछ ।

जन्मने बित्तिकै लगाउने बीसीजी, ६ हप्तामा लगाउने रोटा, पोलियो, पीसीभी, डीपीटी र हेप बी हिब, १० हप्ताभित्र लगाउने रोटा, पोलियो, पीसीभी, डीपीटी र हेप बी हिब, १४ हप्ताभित्र लगाउनु पर्ने पोलियो, एफएईपीभी, हेप बी हिब, ९ महिनाभित्र लगाउनु पर्ने, एफ आई, पीभी, पीसीभी, दादुरा रुबेला र १५ महिनाभित्र लगाउनु पर्ने दादुरा–रुबेला र टाइफाइड जस्ता खोप दिइनेछ । यसअघि गएको वैशाख १५ गते छुट खोप दिइएको थियो ।

छुटेका बालबालिकालाई खोप लगाउनका लागि मन्त्रालयले बृहत् खोज र खोप अभियान सञ्चालन नै गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आफ्ना बालबालिकालाई नियमित खोप छुटेको भए लगाउन अभिभावकलाई अनुरोध गर्नुभएको छ ।

खोपले रोग, अपाङ्गता र मृत्युबाट बचाउनका लागि जन्मदेखि पाँच वर्षसम्मको उमेरका बालबालिकालाई विभिन्न १३ प्रकारका रोगविरुद्धका खोप दिने गरिन्छ ।

 

प्रकाशित मिति : आइतबार, बैशाख ३१ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij