काठमाण्डाै – पछिल्लो २४ घण्टामा १० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । आठ सय ४४ जनाकाे नमुना परीक्षण गर्दा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा १२ जना काेराेना सङ्क्रमित निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय २० जनामा झरेको छ । सक्रिय सङ्क्रमितमध्ये १० जना आइसाेलेशनमा, एक जना आईसीयूमा र एक जना भेन्टिलेटरमा उपचाररत रहेका मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, बैशाख ३१ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्