लामोदुरीको गाडीभाडा घट्यो, अब कहाँ जान कति भाडा ?

लामोदुरीको गाडीभाडा घट्यो, अब कहाँ जान कति भाडा ?

file photo

काठमाण्डौ – सरकारले लामोदुरीको सार्वजनिक गाडीको भाडा घटाएको छ ।

नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १०/१० रुपैयाँले मूल्य घटाएलगत्तै आज यातायात व्यवस्था विभागले सार्वजनिक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।

घटेको मूल्य आजदेखि नै लागू भएको विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

विभागले समायोजन गरेको भाडादर अनुसार यात्रुबाहक गाडीमा ३ दशमलव २० प्रतिशतले, पहाडी बाटोमा चल्ने मालबाहक गाडीमा ४ दशमलव १९ प्रतिशतले र तराईको बाटोमा चल्ने मालबाहक गाडीमा ४ दशमलव ६५ प्रतिशतले भाडा घटेको छ ।

अन्तरप्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ ।

गएको चैत २० गते प्रतिलिटर १० रुपैयाँले मूल्य घटाएको नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी फेरि डिजेलमा १० रुपैयाँले घटाएको थियो । घटेको मूल्य अनुसार अब डिजेलको प्रतिलिटर एक सय ५५ रुपैयाँ कायम भएको छ ।

यसअघि गएको चैत २० गते डिजेलको भाउ लिटरमा १० रुपैयाँले घट्दा गाडी भाडा घटेको थिएन ।

यसअघि स्वचालित मूल्य प्रणालीअनुसार डिजेलमा घटेको मूल्य ४ दशमलव ०६ प्रतिशत मात्रै भएकाले मूल्य समायोजन हुन नसकेको तर अब समायोजन गरिएको महानिर्देशक भट्टराईले बताउनुभयो ।

२०७८ चैत १७ मा इन्धनको बजार मूल्य ५ प्रतिशत वा त्यसभन्दा थप बढे वा घटेमा भाडा समायोजन गर्नुपर्ने निर्णय विभागले गरेको थियो ।

नयाँ भाडादर हेर्नुहोस् 

प्रकाशित मिति : बुधबार, जेष्ठ ३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij