नक्कली भुटानी शरणार्थी प्रकरण : हज समितिका अध्यक्ष मियाँ पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरण : हज समितिका अध्यक्ष मियाँ पक्राउ

काठमाण्डाै – नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई प्रहरीले आज बिहीवार सिंहदरबारबाट पक्राउ गरेको छ ।

नक्कली भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहसँग अध्यक्ष मियाँको संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार शरणार्थीको नाममा ठग्ने गिरोहलाई हज समितिको प्रयोगका लागि उपलब्ध गराएको गृह मन्त्रालयको गाडी अध्यक्ष मियाँले उपलब्ध गराएका थिए ।

गृह मन्त्रालयको स्वामित्वमा रहेको बीएबी–१४०५ नम्बरको जीप प्रहरीले बरामद गरेको छ । पीडितहरूलाई बायोमेट्रिक गराउन र अन्तर्वार्ता दिन बोलाएर गिरोहका सदस्यहरू त्याे गाडीमा जाने गरेको प्रहरीको दाबी छ ।

चितवनको सौरहा र काठमाण्डाैका सुन्धारालगायतका ठाउँमा अन्तर्वार्ता लिन जाँदा गिरोहका सदस्यहरूले त्याे गाडी प्रयोग गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाण्डाैले जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान थालेपछि हज समितिका अध्यक्ष मियाँ सम्पर्कविहीन भएकामा आज पक्राउ परेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ ४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij