दाङमा दुईवटा बस ठोक्किँदा एक जनाको ज्यान गयाे, २३ जना घाइते

दाङमा दुईवटा बस ठोक्किँदा एक जनाको ज्यान गयाे, २३ जना घाइते

file photo

दाङ – दाङको देउखुरीमा आज बिहान दुईवटा बस ठोक्किँदा एक जनाको ज्यान  गएको छ । २३ जना घाइते भएका छन् ।

दाङकाे लमहीबाट भालुवाङका लागि छुटेकाे लु २ ख ७८५ नम्बरको बस र वीरगञ्जबाट तुलसीपुरका लागि छुटेकाे ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा ठाेक्किएका हुन् ।

दुर्घटनामा रोल्पा रुन्टीगढी–९ की २४ वर्षीया शोभा परियारकाे ज्यान गएकाे छ । यस्तै, उहाँका दुई छोरासहित २३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिनुभयाे ।

घाइतेहरुलाई उद्धार गरी उपचारका लागि लमही लगिएको उहाँले बताउनु भयाे ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ ५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij